मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हट्यो


मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो ।



सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो जस्को नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रले पनि विरोध गरेका थिए ।

समितिका सभापति पशुराम मेघी गुरुङका अनुसार विधेयकमा मिडिया काउन्सिलले सिफारिस गर्न सक्ने मात्र व्यवस्था रहनेछ र यो विधेयक सोमबारदेखि नै समितिबाट पारित गर्ने तयारी छ ।



सम्बन्धित
Loading...