दुई युवा चितुवाको छालासहित पक्राउ
दाङ,माघ १३ । दाङ प्रहरीले दुई व्यक्तिलाई चितुवाको छालासहित पक्राउ गरेको छ ।
जिल्लाको दंगिशरण गाउँपालिका वडा नं. १ निवासी २४ बर्षीय चेतबहादुर पुन र सोही ठाउँकै २४ बर्षीय सौगात घर्तीलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले उनीहरु दुबैजनालाई सोमवार बेलुका ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्क क्षेत्रवाट फक्राउ गरिएको जानकारी दिए ।
उनीहरुको साथवाट टाउकोदेखि खुट्टा सम्मको चितुवाको शरिरको पुरै छाला बरामद भएको डिएसपी खड्काले बताए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
