शिक्षाको गुणस्तर बढाउन कक्षा घटाउदै विद्यालयहरु


  • गोपी ज्ञवाली –



नवलपरासी । शिक्षाको गुणस्तर बढाउन भन्दै नवलपरासी सुनवलका केही विद्यालयहरुले कक्षा संख्या घटाउन थालेका छन ।
अत्यन्तै न्युन विद्यार्थी संख्या भएका केही विद्यालयहरुमा ्िशक्षाको गुणस्तर बढाउने भन्दै सुनवलका केही विद्यालयहरुले कक्षाको संख्या घटाएर पठनपाठन शुरु गरेको सुनवल नगरपालिका शिक्षा शाखाका प्रमुख विष्णुु प्रसाद गोतामेले बताए ।
शिक्षाको गुणस्तर सुधार गर्न भन्दै सुनवल नगरपालिका भित्र अत्यन्तै न्यून विद्यार्थी संख्या भएका बाल्मीकी प्राथमिक विद्यालय तिलकाना, जनज्योति प्राथमिक विद्यालय हर्दिया चापी, महलपोखरी प्राथमिक विद्यालय महलपोखरी एवं निसाने देवी प्राथमिक विद्याय विहारीमा प्राथमिक स्तरका कक्षाहरुलाई घटाएर कक्षा एक सम्म मात्रै संचालन गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख गोतामेले बताए ।
पाँच सम्मको कक्षा संचालनको अनुमति पाएका यी विद्यालयहरुमा कतिपय कक्षाहरुमा विद्यार्थीको संख्या शुन्य रहेको र कतिपय कक्षाहरुमा एक वा दुई विद्यार्थी मात्रा रहेकाले ती विद्यालयका कक्षा एक भन्दा माथिल्ला कक्षाका विद्यार्थीहरुलाई नजिकको अन्य विद्यालयमा लैजाने र ती विद्यालयका कक्षा एक र एक भन्दा तलका कक्षाहरुलाई ब्यवस्थित गरि संचालन शुरु गरिएको बताईएको छ ।
अत्यन्तै न्यून विद्यार्थी संख्या भएका यी प्राथमिक विद्यालयहरुमा एक वा दुई जना विद्यार्थीहरुलाई पढाउन भन्दै अनावश्यक शिक्षक वा अन्य कर्मचारीको दरबन्दी कायम राख्नु पर्ने अवश्थाले शिक्षा क्षेत्रमा लगानी बढेको र शिक्षाको गुणस्तर माथि उठन नसकेको भन्दै यस्ता विद्यालयका शिक्षक एवं अन्य कर्मचारीलाई नगरका अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ भने केही संख्यामा रहेका विद्यार्थीलाई नगरपालिकाको सहयोगमा दिईएका स्कुल बसले निशुल्क विद्यलय लैजाने र ल्याउने ब्यवस्था गरिएको नगर शिक्षा समितीका सदस्य रामु ढकालले बताए ।
कक्षा संख्या घटाईएका यी विद्यालयहरुमातिलकानाको बाल्मीकी प्राथमिक विद्यालयमा जम्मा ३७ जना विद्यार्थी थिए भने कक्षा दुई, तीन र चारमा एउटा पनि विद्यार्थी थिएनन । कक्षा पाँचमा रहेका १० जना विद्यार्थीलाई नगरपालिका शिक्षा शाखाको योजनामा नजिकै रहेको भगवती माध्यामिक विद्यालयमा निशुल्क बसले ल्याउने र पुर्याउने ब्यवस्था गरिएको छ । यसै हर्दियाको जनज्योति प्राथमिक विद्यालयमा जम्मा ३३ जना विद्यार्थी थिए भने महलपोखरी प्राथमिक विद्यालय र निसाने देवी प्राथमिक विद्यालयप्राथमिक भनिएको भए पनि कक्षा तीन सम्म मात्र कक्षा संचालनमा रहेका थिए तर यी कतिपय विद्यालयमा विद्यार्थी संख्या नहुदानहुदै पनि शिक्षकको दरबन्दी कामय रहेको थियो ।
विद्यार्थी नभएका विद्यायमा रहेका काम विहिन शिक्षक एवं कर्मचारीहरुलाई आवश्यकता अनुसार नगरपालिकाका अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ । कक्षा पाँचलाई घटाएर कक्षा एक सम्म बनाईएकायी प्रिप्राईमरी विद्यालयमा कम्प्युटर, सरसफाई, भौतिक सुविधा, बस्ने राम्रो व्यवस्था गरिए पछि शिक्षाको गुणस्तरमा क्रमश ः सुधार भएकोबताईएको छ । कक्षा घटाईएका विद्यालयमा शिक्षामा सुधार भएको पाईए पछि नगरका यस्ता अन्य विद्यालयहरु पनि कक्षा संख्या घटउन तयार भएको सुनवल नगर स्तरिय सामुदायिक विद्यालय ब्यावस्थापन समिती संजालका अध्यक्ष सूर्य न्यौपानेले बताए ।
यसैगरी अमरज्योति निम्न माध्यामिक प्रावि बैरगनथ, जनज्योति प्रावि ज्यामिरे, चन्द्रोदय प्रावि किर्तीपुर, सवासदन प्रवि फरौली, जनशान्ति प्रावि धुर्कोट लगाएतका १० वटा विद्यालयहरुको पनि आगामी आर्थिक वर्ष भित्र कक्षा संख्या घटाउने योजना रहेको संजालका अध्यक्ष न्यौपानेले बताए ।



सम्बन्धित
Loading...