प्रहरीद्वारा प्रशंसा पत्र वितरण
- पार्वती पाण्डे –

कावासोती । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा स्थानीय तहको उल्लेखनीय क्रियाशिल, योगदा र साझेदारीको प्रशंसा गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय नवलपुरले नवलपुरका स्थानीय तहका प्रमुखहरुलाई प्रशंशा पत्र वितरण गरेको छ ।
प्रहरी महानिरीषक सर्वेन्द्र खनालले हस्ताक्षेर गरेको प्रशंशा पत्र नवलपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेलले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीषक पोख्रेल र गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बोलेका थिए । कार्यक्रम सञ्चालन प्रहरी निरीषक विसाल तामाङले गरेका थिए ।