नहरमा डुबेर ३ बर्षीया बालिकाको मृत्यु
बैतडीको पुरचौडीमा नहरमा डुबेर १बालिकाको मृत्यु भएकोछ । पुरचौडी नगरपालिका वडा न. ६ मानाकोटका स्थानिय इश्वरराज पन्तकी ३ बर्षीया छोरी लक्ष्मी पन्तको आज बिहान ११बजे नहरमा डुबेर मृत्यु भएको हो ।
लघुजलबिद्युत आयोजनाको नहरमा डुबेर उनको मृत्यु भएको मृतकका काका हेमराज पन्तले बताए । घरको आगनबाटै नहर लगिएकाले बेलाबेलामा घटनाहरु भैरहने गरेको उनले बताए । यसअघि पशुपंछीहरु डुब्ने तथा बाबालिकाहरु डुबेर घाइते भएको भएपनि अहिले भने बालिकाको मृत्यु नै भएको उनले बताए ।
उक्त नहरमा ढकन लगाइदिन पटक–पटक सरोकारवालाहरुसंग माग गरेपनि कुनै सुनुवाई नभएको पन्तले बताए ।