३ ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु


भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउँदै गरेका ३ ट्रक अनियंत्रित भई एकापसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ ।



भैरहवा–परासी सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहान हुस्सु लागेर बाटो कठिन भैरहेका बेला तीव्र गतिमा रहेका ट्रकहरू ठोक्किएका हुन् । भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।




दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना सामान्य घाइते भएका छन् । घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।

https://www.youtube.com/watch?v=fchJC9c5TXk



सम्बन्धित
Loading...