मध्यवर्ती क्याम्पसको धनधान्याञ्चलको ३ करोड संकलन



कावासोती । मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा जारी धनधान्याञ्चल ज्ञान महा यज्ञको चौथो दिन सम्म ३ करोड वरावरको नगद संकलन भएको छ ।
गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत शनिवार देखि सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञको चौथो दिन सम्म ३ करोड वरावरको रकम संकलन भएको धनधान्याञ्चल मुल आयोजक समितीका संयोजक पुष्परत्न महत्तोले जानकारी दिनु भयो । धनधान्याञ्चलको चोथो दिन कावासोती १७ निवासी भिमकुमारी महत्तोको परीवारले ४२ लाख ५ हजार ५ सय ५५ प्रदान गरे ।
आफ्ना स्वर्गिय पति टेकबहादुर महत्तोको स्मृतिमा भिमकुमारी सहित उनको छोराहरुले ४२ लाख मुल्य वरावरको २ गठ्ठा जग्गा सहित उक्त रकम सहयोग गरेको आर्थिक समितिका संयोजक रामकृष्ण ढुंगानाले जानकारी दिए ।
त्यसैगरी कावासोती नगरपालिका १७ गोछडा निवासी रेवनाथ ढुंगाना र सीता ढुंगानाले २५ लाख ११ हजार १ सय ११ प्रदान गरेका छन् ।
आफ्ना वुवा आमाको स्मृतीमा ढुंगाना परिवारले २५ लाख वरावरको जग्गा सहित उक्त रकम दान गरेका हुन् ।
त्यसैगरी मध्यविन्दु नगरपालिका ३ निवासी धन वहादुर कुमालको परिवारले आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा २५ लाख ३४ हजार १ सय ५ प्रदान गरेका छन् ।
त्यसैगरी कावासोती १७ गोछडाका नन्दकिशोर आचार्यले नगद ३ लाख ५१ हजार १ सय ११, कावासोती १५ गोडारका डिल्लीराम न्यौपाने र लुमाकुमारी पाण्डेले १ लाख ५१ हजार १ सय ११ नगद, कावासोती १७ गोछडाका युक्त प्रसाद गौडेलले नगद १ लाख ५१ हजार १ सय ११ रुपँैया प्रदान गरेका छन् ।
त्यसैगरी कावासोती १६ गोछडाका भुपति भट्टराइले १ लाख ५१ हजार १ सय ११ , कावासोती १७ कै पुष्परत्न महतोले १ लाख ११ हजार १ सय ११ ,कावासोती १७ कै देवीराम महतोले १ लाख ११ हजार १ सय ११ , मध्यविन्दु ३ निवासी खडानन्द कंडेलले १ लाख १ हजार १ सय १५ , आकाश महिला वचत समुह कावासोती १७ वाट १ लाख १ हजार १ सय ११ , भवरा मेणरी नाच समुह कावासोती १७ वाट ५० हजार ५ सय ५५ , जागृती आमा समुह कावासोती १७ वाट ५० हजार ५ सय ५१ लगाएतका दानदाता रहेको यज्ञ समितीले जनाएको छ ।
सरस्वती माध्यमिक विधालय गोछडाको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो ।



सम्बन्धित
Loading...