जनसंर्घषबाट एमसीसी निस्तेज ः सुवेदी

नवलपरासी १५ माघ। नेकपा ( क्रान्तिकारी माओवादी )का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले जनसंर्घषबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) लाई निस्तेज पार्नुपर्ने बताएका छन्।
बुधवार क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम नवलपरासीले बर्दघाट – २ चिसापानीमा आयोजना गरेको राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान उद्घाटनमा बोल्दै उहाँले एमसीसी संगै भारतीय अतिक्रमणका बिरुद्ध जनता उठनुपर्ने बताए ।
कार्यक्रममा उनले त्यसैका लागि क्रान्तिकारी माओवादीले विचार मिल्ने ९ दलबीच कार्यगत एकता गर्दै आन्दोलनमा उत्रिएको बताए । उनले संसदीय पार्टीभित्र रहेको लम्पसरवादी प्रबृतिले राष्ट्रिय स्वाधीनता खतरामा परेको दावी गरे।
कार्यक्रममा क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल, देजमोका नेता प्रेम रिमाल लगायतले बोल्दै राष्ट्रिय स्वाधीनताको लागि आन्दोलनको बिकल्प नभएको बताए। कार्यक्रम रवि पाण्डेको संचालनमा भएको थियो । कार्यक्रममा साहित्यकार तारा प्रसाद श्रेष्ठले कविता वाचन गरे ।
त्यस्तै प्रदेश नम्बर पाँचमा बिभिन्न जिल्लाहरुमा अभियान उद्घाटन गरिएको छ । रुपन्देहीको सैनामैना स्थित मुर्गिया, दाङको बिजौरी, प्युठानको बागदुला ,गुल्मीको लुम्पेक, बाँकेको बैजनाथ,बर्दियाको राजापुर लगायतका स्थानमा कार्यक्रम भएको क्रािन्तकारी माओवादी प्रदेश ५ ले जनाएको छ । कार्यक्रममा क्रमशः पार्टी केन्द्रीय सदस्य पिताम्बर आचार्य , निरज केसी, टिकाराम पौडेल,टिका राना , तेजबिक्रम शाही , र बर्दियामा बिपिन रोका लगायतले सम्बोधन गरेको जनाइएको छ ।
त्यस्तै कपिलबस्तु , रोल्पा र अर्घाखाँचीमा कार्यक्रम भएको बताइएको छ ।