नवलपुर महोत्सवमा आज गायक ज्योति मगर आउने

कावासोती । कावासोतीमा जारी नवलपुर महोत्सवमा आज ज्योति मगर आउने भएका छन् । ज्याति मगरसँग आज गायक रामजी खाँड लगायतको कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक समितिले जनाएको छ ।
विहीबार बालकलाकार कमला घिमिरेको प्रस्तुतीका कारण महोत्सवमा दर्शकहरुको निक्कै घुइचो लागेको थियो ।