भूमि अधिकार मञ्च नवलपुरको प्रशिक्षण




नवलपुर । भूमि अधिकार मंञ्चको आयोजनामा नवलपुर जिल्लाको कावासोती वडा नं. १० रतवल चिलाहामा अगुवा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमिअधिकार मंञ्चका पूर्व अध्यक्ष सोमप्रसाद भण्डारी, ल्यामबहादुर दर्जी सामुदायिक सेवा केन्द्रसामुदायिक अात्मनिर्भर सेवा केन्द्रको कार्यकारी निर्देशक जगत देउजा, मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालको अध्यक्ष छबिलाल न्यौपाने, महासचिव चित्रबहादुर माझी, कावासोती नगरपालिका १० नं. वडाका अध्यक्ष टेकनारायाण महतो, लामीचौर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव न्यौपाने, लगायतले प्रशिक्षण कार्यक्रम मन्तव्य राखेका थिए ।

प्रशिक्षण कार्यक्रममा नवलपुर भरीका गाँउ भूमिअधिकार मंञ्च, मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ लगायतका क्षेत्रबाट अगुवाकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।




कार्यक्रममा  सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको कार्यकारी निर्देशक जगत देउजाले जग्गा सम्बन्धी कानुनहरुको बारेमा जानकारी गरेका थिए । उनले अब बन्ने आयोग कस्तो बनाउने छलफल चलि रहेको जानकारी गराउँदै लामो समय सर्घष गरी पाएको मुख्य उपलव्धी सबिधान भएको र सबिधानलाई टेकेर भुमिको कानुन बनाउने भूमीहिनहरुको हितमा हुने बताए ।

उनले संविधानमा भूमिको कुनै पनि समस्या समाधान गर्न भनि लेखिएकोले संविधानलाई टेकेर नीति नियम बन्नु पर्नेमा जोड दिए ।
देशभर कुल जमिनको २८ प्रतिशत आबादी रहेको छ । त्यसैगरी १६ देखि १८ लाख घर परिवारले अझै जग्गा धनी लालपूर्जा दिन बाँकी रहेको बताए ।



सम्बन्धित
Loading...