भुजेल समुदायको चलचित्र कावासोतीमा प्रदर्शन
- कमला राना –

कावासोती । भुजेल समुदायको संस्कार र सस्कृतिमा आधारित चलचित्र नि प्हुगाल शनिबार कावासोतीमा प्रदर्शन गरिएको छ । भुजेल समाज सेवा समिति नवलपरासीका अध्यक्ष रमिला भुजेलको सभापतित्वमा भएको कार्यक्रममा भुजेल सेवा समाज केन्द्रीय कार्यबाहक उपाध्यक्ष तथा नेपाल सरकार भुमि व्यवस्था तथा गरीवि निवारण तथा सहकारी मन्त्रालयका स्वकीय सचिव बुद्ध घर्तिको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै भुजेल सेवा समाज केन्द्रीय कार्यबाहक उपाध्यक्ष बुद्ध घर्तिले भुजेल समुदायको संस्कार र सस्कृतिलाइ जोगाइ राख्न चलचित्र नि प्हुगालको ठुलो योगदान रहने बताए ।
नेपाल सरकार भुमि व्यवस्था तथा गरीवि निवारण तथा सहकारी मन्त्रालयका स्वकीय सचिव समेत रहनुभएका घर्तिले आदीवासी जनजातिको रुपमा सुचिकृत भुजेल समुदायको सस्कार सस्कृतिलाइ एउटा नमुनाको रुपमा अगाडि बढाउन सबै एकजुटहुन आवश्यक रहेको बताए ।
भुजेल सेवा समाज समितिका केन्द्रीय सचिव तिर्सन भुजलले चलचित्रको बारेमा बोल्नुहुदै भुजेल समुदायको लोप हुदै गइरहेको भेष भुषा र परम्परालाई भावी पुस्तामा हस्तान्तरण गर्नको चलचित्र कोषेढुगाको रुपमा रहने बताए ।
भुजेल सेवा समिति नवलपरासीका सल्लाहाकार प्रितम भुजेलको स्वागत मन्तव्य रहेको कायक्रमको संचालन सचिव जंग भुजेलले गरेका थिए भने चलचित्रका कलाकारहरु तथा भुजेल समुदायको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।