कावासोतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फाल्गुन १ गतेबाट

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन १ गतेबाट हुने भएको छ ।
प्रतियोगिता १, २ र ३ गते गरी ३ दिनेसम्म चल्ने छ । सोमबार कावासोती नगरपालिकामा शिक्षा शाखाले गरेको पत्रकार सम्मेलन दिइएको जानकारी अनुसार प्रतियोगितामा १६ वटा सामुदायिक विद्यालय, ११ वटा संस्थागत विद्यालय र कक्षा ११ र १२ गते पढाइ हुने ३ वटा क्याम्पस गरी ३० वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ ।
प्रतियोगिता एथलेटिक्स, छात्रछात्रा भलिबल, छात्रछात्रा कपर्दी, मार्सल आर्ट लगायतका खेलहरु समावेश गरिने जनाइएको छ ।
प्रतियोगिता कावासोती १६ सहिद नगर डण्डाको जनता माविमा हुने छ ।