नवलपुरमा राष्ट्रिय दलित पत्रकार संघ गठन

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रिय दलित पत्रकार संघ गठन गरिएको छ ।
मंगलबार कावासोतीमा भएको भेलाले गाविन्द नेपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा मनोज सुनार, सचिवमा गंगा विश्वकर्मा, कोषाध्यक्षमा अस्मि रम्तेल, सहसचिबमा विनोद परियार चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रेशम सुनार, सिमना खाती, रेश्मा सुनार चयन भएका छन् । ४ जना पछि थप गरिने जनाइएको छ ।
त्यस्तै सल्लाहकार संयोजकमा विद्या बि क, सदस्यहरुमा सुनिता विक, मधु रत्न, माया बराइली, खिम बहादुर बि क चयन भएका हुन् ।