इम्बक्स नवलपरासीमा देवकाेटा 




इम्बक्स नवलपरासीको तेस्रो जिल्ला अधिवेशन तथा चौथो साधारणसभा मंगलबार दलदलेमा सम्पन्न भएको छ । अधिवेशनले नेपाल मा वि का प्रधानाध्यापक शिवप्रसाद देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

जसको उपाध्यक्षमा दान बहादुर राना चयन हुनुभएको छ । त्यसैगरी सचिवमा कालिका मा वि देवचुलीका प्रधानाध्यापक रेशम कोइराला, सह-सचिवमा नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रे र कोषाध्यक्षमा लक्ष्मी आदर्श आधारभूत विद्यालय मध्यविन्दुका प्रधानाध्यापक ऋषिराम भुसाल चयन हुनुभएको छ ।




त्यसैगरी सदस्यहरुमा गोपाल ज्ञवाली , रत्त्नलाल सुवेदी, मेघनाथ सुबेदी , धनमाया खड्का, लक्ष्मी शिवाकोटी , विष्णु प्रसाद न्यौपाने , महेश बराल, भानु पंगेनी , लेखराज भण्डारी ,जनकराज पोख्रेल , सूर्य प्रसाद भण्डारी र केशव प्रसाद अधिकारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

त्यस्तै मिन प्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरिएको छ । जसको सदस्यहरुमा निम प्रसाद धरेल र लक्ष्मी पुडासैनी चयन हुनुभएको छ ।

यसअघि अधिवेशनको उद्घाटन सत्र एक समारोहका वीच सम्पन्न गरिएको थियो । इम्बक्स नवलपरासीका निवर्तमान अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय इकाई पूर्वी नवलपरासी इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।



सम्बन्धित
Loading...