बर्दघाटमा खाना महोत्सवः नगरपालिका गेटैमा रक्सीका ठूलाठूला प्रचार बोर्ड
पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबारदेखी सडक खाना महोत्सव सुरु भएको छ । प्रणय दिवस र नेपाल भ्रमर्ण २०२० लाई लक्षित गरी तीन दिनलाई शुरु गरिएको महोत्सवमा बर्दघाट नगरपालिकाको गेटै अगाडि रक्सीका ठूलाठूला प्रचार बोर्ड राखिएका छन् ।
जुन खाना महोत्सवको प्रमुख आकर्षक जस्तो देखिने गरेको छ ।
महोत्सवको प्रदेश ५ सरकारका पवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरेका थिए । महोतसव राति १० बजे सम्म संचालन हुनेछ ।



