चितवनमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

चितवन, फागुन २–
चितवनको रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजिक खोरसोर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट बद्रेनी घर भएका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आज भैसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।