आजदेखि राइनो गोल्ड कप



राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुने भएको छ ।



नव गठित राइनो क्लवको आयोजनामा भोलिदेखि राष्ट्रिय स्तरको यो प्रतियोगिता हुन लागेको हो । यसअघि नन्द–भाउजु उपभोक्ता समितिको आयोजनामा राइनो गोल्डकप खेल हुँदै आएको थियो ।

पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु–२ स्थित राइनो कप खेलमैदानमा हुने खेलमा राष्ट्रिय स्तरको १२ टिमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष दोमन भण्डारीले बताए ।
खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टोली, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियोगिता गरिदै आएको हो ।
आज हुने उद्घाटन खेलमा काठमाडौंको हिमालयन शेर्पा क्लव र बीरगञ्ज यूथ एकेडेमी भिड्ने भएका छन् ।
खेलको मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले उद्घाटन गर्ने पनि आयोजक क्लवका अध्यक्ष भण्डारीले जानकारी दिए ।



सम्बन्धित
Loading...