राइनो कपः आज पुलिस र सेन्टर कलेज चितवन भिड्ने
नवलपुरको कोल्हुवामा जारी पाँचौं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विहीबार नेपाल पुलिस क्लव र सेन्टर कलेज चितवन भिड्ने भएका छन् ।
बुधबारको खेलमा एफसी विजय युथ हेटौंडाले गोलको वर्षा गरेको थियो । एफसी विजय युथले ६ गोल गर्दा राष्ट्रिय स्तरको चर्चित क्लव झापा ११ ले सान्त्वना गोल मात्रै गर्न सक्यो ।
एफसीका जर्सी नम्बर ८ का वाइसु अलिकन हेमजातले ह्याट्रिक गरेका थिए । हेमजातले खेलको १६, २९ र ४२ औं मिनेटमा गोल गरे । एफसीकै हिसुब थपलियाले ४१ औं मिनेटमा गोल गरे भने थपिलियाले दोस्रो हाफमा अर्को गोल गरे । अलिस तामाङले खेलको उत्तरार्धमा एक गोल गरेपछि हेटौडा ६ गोल गरी विजयी भयो ।