पाल्हीनन्दनमा आधारभूत तहका विद्यार्थीहरुबीच खेलकुद प्रतियोगिता


  • रामकरण हरिजन  –



परासी, ११ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका स्तरीय आधारभूत तह तेस्रो खेलकुद प्रतियोगिता भएको छ ।
हरपुर मा.वि.को आयोजना र पाल्हीनन्दन गाउँपालिकाको सहयोगमा हरपुर माविमा प्रतियोगिता भएको हो । प्रतियोगिताको आइतबार पाल्ही नन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दीपकले उद्घाटन गरेका थिए । प्रतियोगिताको १४ गते सम्म हुने खेल संयोजक जयप्रकास सिंहले बताए ।
उद्घाटन कार्यक्रममा पावित्रा कोेहार, राजन श्रीवास्तव, रामनगिना सिंह लगायतले शुभकामना व्यक्त गरेका थिए ।
हरपुर मा.वि प्रधानध्यापक राजाराम गुप्ताका अनुसार प्रतियोगितामा पांच लाख बराबरको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले पुरस्कार पाउने छन् । प्रतियोगितामा पाल्ही नन्दन गाउँपालिका भित्र रहेको ३० वटा विद्यालयका आधारभूत तहका विद्यार्थीहरुको सहभागिता रहेको छ ।



सम्बन्धित
Loading...