राइनो गोल्डकपः आजको पहिला सेमीफाइनलमा हिमालयन शेर्पा र आर्मी भिड्दै

कावासोती, १२ फागुन । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमी फाईनलका खेल शुरु हुने भएका छन् । आज हुने पहिलो सेमी फाइनल खेलमा हिमालय शेर्पा र नेपाल आर्मी स्पोर्ट क्लव काठमाण्डौ प्रतिप्रर्धा हुने आयोजकले जनाएको छ ।
त्यस्तै भोलि च्यासल युथ क्लव र नेपाल पुलिस क्लव बीच छ ।
राईनो क्ल्ब मध्यविन्दु–४को आयोजना एवं नन्दभाउजु उपभोक्ता समिती मध्यविन्दु–२ को संरक्षणकत्वमा नवलपुरको मध्यविन्दु–२, कोल्हुवा स्थित राईनो खेल मैदानमा फागुन ५ देखि शुरु भएको प्रतियोगिता फागुन १४ गते समापन हुनेछ । प्रतियोगीतामा विभागीय टिम सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहेको थियो ।