गजेन्द्रमाेक्ष धामकाे प्रथम बार्षिकाेत्सव


  • बिरेन्द्र पराजुली –


गजेन्द्रमाेक्षधाम त्रिबेणिधाममा शनिबारदेखि सुरु भएको गजेन्द्र माेक्ष नारायण भगवानकाे प्रथम बार्षिकाेत्सवकाे तेस्रो दिन सोमबार रथयात्रा भएकाे छ।




शनिबारदेखि सुरु भएको महोत्सबको तेस्रो दिन भगवानलाई नगरपरिक्रमा गरिएको थियो।

महोत्सबको रुपमा मनाइएको बार्षिकाेत्सव पाँच दिनसम्म चल्ने छ। अखण्डज्याेति बाबा च्यारिटिबल ट्रस्टको आयोजनामा कार्यक्रम बुधबारसम्म चल्ने त्रिबेणिधामका पिठाधिस स्वामी कृष्ण प्रपन्नचार्यले जानकारी गराए।

सोमबार सम्पन्न रथयात्रामा हजारौ भक्त्तजन तथा स्वदेशी तथा बिदेसी पर्यटकको सहभागिता रहेको थियो ।रथयात्रालाइ सम्बोधन गर्दै मुक्तिनाथ पिठाधिस अखन्डज्योती बाबा १००८ स्वामी कमलन्यन आचार्यले भगवानको स्थापना मात्र गरेर हुदैन त्यहा नित्यकर्म र शास्त्र अनुसार भगवानको कर्मपुरा गर्न जरुरी छ ।त्यसै अनुसार यो पाँच दिवसिय कार्यक्रम आयोजना गरेको बताए। गजेन्द्रमाेक्षधाममा गजेन्द्रनारायण मन्दिरको स्थापना भएको बर्षदिनको अबसरमा मन्दिरले कार्यक्रमको अायोजना गरेको हो ।

मङ्गलबार र बुधबार भगवान नारायणको कलस अबिसेक र नारायणीमा नौका बिहारको कार्यक्रम गरि समापन गरिने स्वामी कमलनयनले जानकारी गराए। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको धाममा पछिल्लो समयमा अनुसन्धान र भ्रमणको लागि दैनिक हजारौ पर्यटकहरु आउने गर्छन।



सम्बन्धित
Loading...