मगर दिवसमा शैक्षिक संस्थामा सार्वजनिक विदा दिन माग
- शोभा जिसी

कावासोेती । फाल्गुन १५ गते परेको ३८ औं मगर एकता दिवसको अवसरमा नवलपुरका शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिन मगर समुदायले माग गरेको छ ।
नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपुरले मंगलबार प्रेस विज्ञाप्ती जारी गरी फागुन १५ गते सार्वजनिक विदा दिन माग गरेको हो ।
फागुन १५ गते ३८ औँ मगर एकता दिवसका अवसरमा हरेक वर्षमा जस्तै विभिन्न कार्यक्रमको आयोजना गरी मगर एकता दिवस मनाउँदै आईरहेकोमा विदा कटौती गरिए पनि विदाको माग गदै विज्ञप्ती जारी गरिएको संस्थाका अध्यक्ष ईन्द्र फाल मगरले बताए ।
नेपाल मगर संघका जिल्ला अध्यक्ष इन्द्र फाल मगर र नेपाल मगर विद्यार्थी संघ नवलपुरका अध्यक्ष सहज राना मगरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा दिवसमा बालबालिकालाई दिवस मनाउन दिनका लागि शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिन माग गरिएको हो ।
यस दिवसका दिन मगर समुदायले देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने हुदा सो कार्यक्रम सफल पार्नका लागी सम्पुर्ण शैक्षिक संस्थाहरुमा सार्वजनीक विदा गरी कार्यक्रम सफल पार्न सम्बन्धित पक्षसंग मगर संघ जिल्ला समन्वय समिति नवलपुर,नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति नवलपरासीले अनुरोध गरेको छ ।