त्रिवेणी छाेटी भन्सारलाई गण्डकी प्रदेशकाे मुख्य भन्सार बनाउने निर्णय


  • सालिकराम काेइराला –


कावासाेती १३ फागुन । नेपाल सरकारले मंगलबार त्रिवेणी छाेटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशकाे मुख्य भन्सार कार्यालयकाे रूपमा स्तरउन्नति गर्ने निर्णय गरेकाे छ ।




गतबर्षसम्म पच्चीस हजार सम्मकाे मालसामान ढुवानी तथा काराेबार गर्ने अनुमति पाएकाे उक्त छाेटी भन्सारकाे मंगलबार प्रधानमन्त्रीसंग परामर्श गरिए अनुरूप स्तरबृद्दि गरिएकाे संघीय सांसद तिलक महतले जानकारी गराए ।

अबकाे पन्ध्र दिन भित्र अाधिकारिक समारोहकाे अायाेजना सहित बस्तु जाँच-पास सेवा सुभारंभ गरिने सांसद महतले बताए । कार्यालयकाे अनुगमन र पूर्वतयारीकाे लागि मंगलबारनै काठमाडौबाट प्राबिधिक टाेली त्यसतर्फ खटाईएकाे उनले उल्लेख गरे ।

गण्डकी प्रदेशकाे लाईफ लाईन मानिएकाे काेरला-त्रिवेणी सडककाे मुख्य भन्सार कार्यालय त्रिवेणी हुने भएपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का उद्योगी-ब्यबसायीमा नयाँ तरङ्ग छाएकाे नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पाेखरेलले उल्लेख गरे ।

यस अघि संघीय सांसद तिलक महतकै पहलमा करदाता सेवा कार्यालय र यातायात सेवा कार्यालयकाे स्तरउन्नती गरि मुख्य कार्यालयमा रूपान्तरण गरिएकाे थियोे । गण्डकी प्रदेशकाे मुख्य सिमा भन्सार कार्यालयकाे रूपमा त्रिवेणीलाई विकसित गरिएपछि नवलपुरकाे सिधा काराेबार भारत बिहारकाे राजधानी सहर पटनासंग हुने भएकाे छ । निर्माणाधीन त्रिवेणी-दुम्किबास सडक सम्पन्न हुनासाथ त्रिवेणीबासीकाे नमुना सदरमुकाम कावासाेतीसंग सिधा सम्बन्ध कायम हुनेछ ।

हाल कावासाेतीबाट त्रिवेणी जान ५ नं प्रदेशकाे बाटाे भएर जानुपर्ने बाध्यकारी अबस्थामा छ । त्रिवेणी-काेरला सडकलाई गण्डकी प्रदेश सरकारले गाैरवकाे अायाेजनाकाे रूपमा अघि बढाएकाे छ ।

त्रिबेणी मुख्य भन्सार हुने बित्तिकै यसकाे कनेक्टिभिटी छिमेकी मूलुक भारतकाे पटना र चीनकाे काेरलासंग हुने भएकाले त्रिबेणीबासीहरू निकै उत्साहित भएका छन् । केही समय अघि प्रधानमन्त्री के पी ओली समक्ष संघीय सांसद तिलक महतले १५ अर्बकाे नवलपुर नमुना सदरमुकामकाे डिपीअार बुझाई केन्द्र सरकारलाई यथाशीघ्र काम अघि बढाउन अनुराेध गरेका थिए ।



सम्बन्धित
Loading...