पश्चिम नवलपरासीमा राष्ट्रिय युवा संघको एकता घोषणा




परासी । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको संगठनात्मक एकता घोषणा भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षतामा भएको एकता घोषणा कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी लगायतका जिल्ला नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता पछि बर्दघाटमा बुधबार भएको कार्यक्रममा युवा संघको एकता घोषणा गरिएको हो ।
पश्चिम नवलपरासीमा राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको संयोजकमा युवराज डुम्रे र सह–संयोजकमा दिपक राना मगर रहने गरी ७१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ ।
त्यसैगरी जिल्लाका ७ वटै स्थानीय तहमा राष्ट्रिय युवा संघका संयोजक तथा सह–संयोजकहरुको जिम्मेवारी दिईएको छ । जस अनुसार सुस्ता गाँउपालिका संयोजकमा ईश्वर प्रसाद उपाध्याय, सहसंयोजक विनोद बानिया, प्रतापपुर गाउपालिका संयोजकमा राजकुमार हरिजन, सहसंयोजक विजय चौधरी, बर्दघाट नगरपालिकाको संयोजकमा राजेश तिवारी, सहसंयोजक सन्तोष श्रेष्ठ, सुनवल नगरपालिकामा संयोजक राजु बस्याल, सहसंयोजक विनोद पाण्डे, सरावल गाउपालिकामा संयोजक विवेक भटराई, सहसंयोजक सुनु हजाम, रामग्राम नगरपालीको संयोजकमा जीवन भट्टाराई, सहसंयोजक सुरेन्द्र ठाकुर र पाल्हीनन्दन गाँउपालिका संयोजक पुष्कर चौधरी र सहसंयोजक सुमित यादवलाई जिम्मेवारी दिएको छ ।






सम्बन्धित
Loading...