अनमोल केसीविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी


महानगरीय प्रहरी परिसर काठमाडौंमा अभिनेता अनमोल केसीविरुद्ध ठगीको उजुरी परेको छ ।



फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार निर्माताद्वय रुपेश खड्की र जयन श्रेष्ठले अभिनेता केसीविरुद्ध जाहेरी दिएका हुन् ।




निर्माताद्वय श्रेष्ठ र केसीले गत असोज तीन गते अभिनेता केसीसँग ‘धुपौरे’ फिल्मका लागि रु ४० लाखमा सम्झौता गरेका थिए ।

सोही सम्झौता अनुसार अभिनेता केसीले एभान्स स्वरुप पाँच लाख रुपैया लिएपनि फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

त्यस्तै अभिनेता केसीले तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै आफूहरुको थप २ लाख ५० हजारसमेत सकाएको पनि उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...