नवलपरासीमा सुन पसलबाट ७० तोलाभन्दा बढी सुन चोरी

गैडाकोट । पूर्वी नवलपरासीको गैडकोट ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढीको सुन र ८ लाख नगद चोरी भएको छ ।
पसलबाट गएराति ७० देखि ८० तोला सुन र ८ लाख नगद चोरी भएको पसलका सञ्चालक उमेश गहतराजले जानकारी दिए ।
राति नै पसलमा चोरी भएको भए पनि विहान पसल खोल्न आउँदा पसलमा चोरी भएको आफूले थाहा पाएको उनले बताए ।
इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भईरहेको बताए ।
थपाका अनुसार प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभि र पुलचोक सहितको सिसीटिभी फुटेको निगरानीबाट घटनाको सुक्ष्म ढंगले अध्ययन गरिरहेको छ ।