पत्रकारलाई फोटो पत्रकारिताको तालिम
- रामकरण हरिजन

परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले मगंलवारदेखि तीन दिनसम्म चल्ने गरी जिल्लाका पत्रकारहरुलाई फोटो पत्रकारिता तालिम संचालन गरेको छ ।
सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा सुरु भएको ३ दिवसीय फोटो पत्रकारिता तालिम मगंलवार देखि भूमहीमा शुरु भएको नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्माले बताए ।
तलिममा फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले सहजीकरण गरेका थिए ।
सुनवलको भुमहीदेखि शुरु भएको फोटो पत्रकाारिता तालिम विहिवार सुस्तामा समापन्न हुने गरी योजना मिलाईएको छ । फोटो पत्रकारिता तालिममा जिल्ला भित्रका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
तालिममा उद्घाटन कार्यक्रममा, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट, केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, नवलपरासी शाखाका पूर्व सभापति केशव पराजुली समाजमा पत्रकारको भूमिका र महत्वबारे बोलेका थिए ।
महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।