नवलपरासीमा डेढ किलाे गाँजा सहित एक जना महिला पक्राउ


  • सविता थापा –


नवलपुर। पूर्वी नवलपरासीकाे रजहरबाट प्रहरीले एक जनालाई डेढ किलाे गाँजा सहित पक्राउ गरेकाे छ ।




देवचुली १६ रजहर सालघारी चाेकका ५५ बर्षीया मनकली नेपाली गाँजा सहित पक्राउ परेकाे हाे।

सालघारी चाेकका सिर्जना टाेल सुधार आमा समूहका महिलाहरूले उनलाई गाँजा सहित नियन्त्रणमा लिएर ईलाका प्रहरीलाई बुझाएका हुन्।

स्थानीय महिला जमुना अर्यालले उनलाई गाँजाकाे काराेबार पटक पटक अनुराेध गरे पनि अटेर गरेपछि नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएकाे बताईन् ।



सम्बन्धित
Loading...