सुस्ताले गर्यो छैठौं गाउँ सभा


  • श्याम थापा –



सुस्ता २५ फाल्गुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले छैठौं गाउँ सभा सम्पन्न गरेको छ ।
गाउँ सभाको अध्यक्ष एवं सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेयको सभाध्यक्षमा भएको छैठो गाउँ सभामा सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमार थरुनीले आर्थिक बर्ष ०७६ ÷०७७ को बार्षिक नीति तथा कार्यक्रम र बार्षिक बजेट प्रगति प्रतिबेदन प्रस्तुत गर्दै उपाध्यक्ष थरुनीले सुखी सुस्ता बासी र समृद्ध सुस्ताको अधारलाई आत्मासात अघि बढेको उनले बताईन् ।
उपाध्यक्ष थरुनीले प्रतिवेदन प्रस्तुत गर्दै संघीय सरकार र सुस्ता गाउँपालिकाको लागतमा मधेश समृद्धि कार्यक्रम अन्र्तगत सुस्तामा मिनिग्रीड सिलान्यास भइ निर्माण कार्य सुरु भएको, सुस्ताको वडा नं. १ र २ मा अतिविपन्न वर्गका परिवारलाई सुरक्षित आवास भवन निर्माण भइरहेको, सुस्ता ५ को सुस्तामा १५० वटा जनता आवास निर्माण हुदै गरेको, अध्यक्ष नमुना सडक निर्माण प्रकृया अगाडि बढेको, ५० वटा सडक कालोपत्रे निर्माण अवस्थामा रहेको, फाल्गुन महिनासम्ममा ४८ लाख ३२ हजार ७ सय २७ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सम्मानीकरण अनुदान राजस्व बाँडफाँड प्राप्त र आन्तरिक राजस्व समेत गरी फाल्गुन मसान्तसम्म कुल ११ करोड ६१ लाख ८० हजार आम्दानी भएको बताइन् त्यस्तै उपाध्यक्ष थरुनीले हाल सम्म २५ वटा योजना फरफारक भएको, ९ वटा साना व्यवसाय दर्ता भएको, ३८ वटा पशु फर्म दर्ता, सुस्ताको सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड वितरण, न्यानो झोला तथा सुत्केरी पोषण भत्ता रुवरुप २ हजारका दरले रकम वितरण कार्यक्रम, साना कृषि औजारहरु वितरण कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले गरेको जानकारी गराइन् ।
गाउँ सभाबाट गाउँ जोखिम न्यूनीकरण तथा ब्यवस्थापन बिधेयक २०७६ को पारित पनि भएको छ । सभाको समापनलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष एवं सभाका सभा अध्यक्ष रामप्रसाद पाण्डेयले आफनो कार्यकालमा सुस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने र साझा विचार लिएर अगाडि बढाउने र आफुहरु जनतामुखीनै हुने उनले बताए ।
त्यसैगरी अध्यक्ष पाण्डेयले सुस्तामा विकासको लहर चलेको, प्रदेश नं. ५ मा १०९ वटा स्थानीय तह मध्ये सुस्ता गाउँपालिकालाई थप पहिचानको रुपमा अगाडि बढाउने, सबै किसानहरुको खेतमा सिचाई पुरयाउने, अगामी २ बर्षमा १५ शैया अस्पताल तयार गर्ने, नेपालको सबै भन्दा लामो झुलेङ्गे पुलका निर्माण कार्यलाई तिब्रता साथको रुपमा अघि बढाएको, सुस्तामा फोन लागेन भन्ने स्थितीको अन्त्य हुने उनले बताए ।
सुस्तालाई नमुना बनाउन सुस्ताका सम्पुर्ण जनप्रतिनिधी आ आफनै ठाउँबाट लाग्न सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेयले आग्रह पनि गरेका छन् । सो सभामा वडा न.२ का वडा सदस्य कृष्ण पन्त,सुस्ता १ का वडा अध्यक्ष अशोक कुमार चौधरी,सुस्ता २ का वडा अध्यक्ष एवं प्रवक्ता कृष्णलाल मुखिया,सुस्ता ३ का वडा अध्यक्ष राजकुमार महतो,सुस्ता ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्ग, सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव र पत्रकार श्याम थापा लगायतले शुभकामना मनत्ब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सुस्ता गाउँपालिका प्रशासन तथा योजना शाखाका प्रमुख बिष्णु प्रसाद ढकालले गरेका थिए ।



सम्बन्धित
Loading...