म पार्टी बैठकमा बस्न नसक्ने परिस्थिति निर्माण भएको छ : कोइराला

नारायण शर्मा –
नवलपरासी — कांग्रेस महामन्त्री शशांक कोइरालाले बन्दै गएको एकता पार्टी नेतृत्वको पछिल्लो कदमले बिथोलेको बताएका छन् । उनले शुक्रबार सभापति शेरबहादुर देउवालाई लिखित पत्र बुझाउँदै विधानमा तोकिएबाहेकका विभाग बनाएर तथा केन्द्रीय समितिमा सदस्य र आमन्त्रित सदस्य मनोनयन गरेर पार्टीभित्र एकताको वातावरण बिथोलेको आरोप लगाएका छन् ।