पूर्व मिस नेपाल उषा खड्की १७ वर्षपछि सम्बन्ध विच्छेद गर्दै
पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले १७ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निर्णयमा पुगेकी छन् । फेसबुक स्टाटस लेख्दै पूर्व मिस नेपाल खड्कीले सम्बन्ध विच्छेदको निर्णमा पुगेकी उल्लेख गरेकी हुन् ।
आज भन्दा १७ वर्ष अघि जिपी तिमिल्सिनासँग वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडिको केही समय अघिबाटै सम्बन्ध विच्छेदको चर्चा सुरु भएको थियो। तथापि यस विषयलाई यो जोडी अस्वीकार गर्दै आएका थिए। यी दुईको एक छोरा र एक छोरी छन् । पूर्व मिस नेपाल खड्गीले विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको बताएकी छन्।
उषाले शनिबार साँझ सम्बन्ध विच्छेदको चरणमा पुगेको उल्लेख गर्दै एक स्टाटसमा लेखेकी छन्, ‘सम्पूर्णमा माया र सहयोगका लागि धन्यवाद। तपाईँको साथ र तपाईँहरूको सहयोगले मलाई सधैं बलियो र आत्मविश्वास थप्नेछ। सँगै म र मेरा बच्चाहरूलाई दह्रिलो रूपमा उभिन ऊर्जा दिनेछ,’ उनले फेसबुकका साथीहरूसँग भनेकी छन्।