चाेरमारामा दुर्घटना २ जना गम्भीर घाईते


पूर्वी नवलपरासीकाे चाेरमारामा आज बिहान दुर्घटना हुँदा दुई जना गम्भीर घाईते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेकाे ना ४ ख २३५० नम्बरकाे ट्रकले साेही दिशातर्फ जाँदै गरेकाे लु १९ प ५७१० नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकलमा सवार दुई जना गम्भीर घाईते भएका हुन् ।
नवलपुर प्रहरीका अनुसार दुर्घटनामा परी माेटरसाईकल चालक हुप्सेकाेट ६ बस्ने २५ बर्षीय हाेमबहादुर साेमै र दिलबहादुर साेमै घाईते भएका हुन्।
दुवैकाे चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।



सम्बन्धित
Loading...