जोखिममा अमेरिका उडे सरोज खनाल




काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिइरहेका बेला आइतबार अभिनेता सरोज खनाल अमेरिका उडेका छन् ।आफ्नो परिवार सबै अमेरिकामा भएकाले परिवारकै चाहनाअनुसार आफू अमेरिकातर्फ लागेको उनले बताएका छन् । कोरोनाको अवस्था सामान्य भएपछि उनी नेपाल फर्कने भएका छन् ।

अमेरिकाले आइतबार कतार एयरवेजको विमान चार्टर गरेर नेपालमा रहेका ३ सयभन्दा बढी आफ्ना नागरिकलाई स्वदेश फर्काएको छ । सोही चार्टर विमानमा अभिनेता सरोज खनाल पनि आइतबार अमेरिका उडेका हुन् ।




अभिनेता सरोजको श्रीमती एवं अभिनेत्री सूर्यमाला खनाल, दुई छोराबुहारी अमेरिकामै छन् । बुहारी सुत्केरी भएपछि सूर्यमाला केही महिनाअघि नै अमेरिका गएकी हुन् । अमेरिकाको ग्रिन कार्ड लिएका अभिनेता खनालले परिवारका कारणले यो बेला अमेरिका जानुपरेको बताएका छन् । डेढ दशक अमेरिका बसेपछि अभिनेता सरोज खनाल पाँच वषअघि नेपाल फर्किएका हुन् । त्यसपछि उनी नेपाली फिल्मै व्यस्त छन् । तथापि, उनी नेपाल–अमेरिका जानेआउने भने गरिरहेका छन् ।



सम्बन्धित
Loading...