द बर्निङ ट्रेनको रिमेकमा ऋतिक




मुम्बई । १९८० को दशकको सुपर हिट बलिउड फिल्म ‘द बर्निङ ट्रेन’ फेरि बन्ने भएको छ । यो फिल्मलाई रिकम गर्न लागिएको हो । ‘द बर्निङ ट्रेन’मा अभिनेता धमेन्द्र, जीतेन्द्र, विनोद खन्नाजस्ता त्यतिबेलाका तीन सुपर स्टारले अभिनय गरेका थिए ।

अहिले रिमेकका रूपमा बन्न लागेको ‘द बर्निङ ट्रेन’मा अभिनेता ऋतिक रोशन चयन भएको समाचार आएको छ । आफू यो फिल्ममा आबद्ध भएको खुलासा अभिनेता ऋतिकले गरेका छैनन् । तर, दुई महिनापछि सुटिङ हुने एउटा नयाँ फिल्मको स्क्रिप्ट अध्ययन र चरित्र निर्माणको तयारी आफूले होम क्वारेन्टाइनबाटै गरिरहेको उनले बताएका छन् ।




यस्तै, फिल्मको नायिकामा पूजा हेगडे रहने बताइएको छ । द बर्निङ ट्रेनको निर्माण तयारी चलिरहेको विश्वसँगै बेला भारतमा कोरोना भाइण्रसको संक्रमण फैलियो । जसका कारण लकडाउनको अवधिभरि यसको मुख्य कार्य रोक्नुपरेको निर्माता ज्याकीले बताएका छन् । तर, घरभित्रै बसेर फिल्मको बारेमा गर्नुपर्ने तयारी भइरहेको पनि उनले जानकारी गराए ।



सम्बन्धित
Loading...