नवलपरासीको कालीगण्डकी नदीमा एक जना बेपत्ता




गंगा विश्वकर्मा – 

नवलपरासी (चोरमारा), २६ चैत्र । नवलपुरको बुलिङटार गाउपालिकाको काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् ।
मंगलबार साँझ पाँच बजेतिर पौडी खेल्ने क्रममा बौद्दीकाली गाउँपालिका १ मिथुकरम बस्ने वर्ष १८ का हिमाल चितौरे सार्की वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
उनको खोजी कार्य जारी रहेको जनाएको छ ।
यस अघि डुंगा दुर्घटना हुँदा काली गण्डकी नदीमा एक जना बालिका वेपत्ता भएकी थिइन । उनको शव दुई दिन पछि फेला परेको थियो ।

 




कालीगण्डकी नदीमा डुंगामा दुर्घटना, एक जना वेपत्ता, ३ जनाको सकुसल उद्दार



सम्बन्धित
Loading...