नवलपुरमा विदेशबाट आएका सबैको ¥यापिट टेष्ट गरिने, सबै स्थानीय तहमा र्यापिट टेष्ट शुरु




रामकुमार श्रेष्ठ –
नवलपरासी, ३० चैत्र । पूर्वी नवलपरासीमा विदेशबाट आएका सबैको र्यापिङ्ग टेष्ट गरिने भएको छ ।
विदेशबाट आउने व्यक्तिहरुमा कोरोना भाइरस भए नभएको परीक्षण गर्न प्रयोग गरिने ¥यापिट डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट नवलपुरमा आइपुगेको छ । नवलपुरमा ४ सय ९२ थान किट आइपुगेका र सबै स्थानीय तहलाई वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
नवलपुर जिल्लामा विदेशबाट आएका १५ दिन नाघेको र २१ दिन नपुगेका सबैको टेष्ट गरिने चापागाईले बताए ।
नवलपुरमा पछिल्लो तथ्यांक अनुसार ८ सय ६० जना विदेशबाट आएको तथ्यांक छ । ति मध्ये १५ दिन कटेको २१ दिन नपुगेको ४ सयको हाराहारीमा भएको र ति सबैको ¥यापिट टेष्ट गरिने उनले बताए ।
गैडाकोटबाट ¥यापिट टेष्ट शुरु भईसकेको छ । नवलपुरका सबै स्थानीय तहमा स्थानीय तहका स्वास्थ्य प्रमुखको जिम्मामा ¥यापिट डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट जिम्मा लगाइएको चापागाईले बताए ।
नवलपुरको पछिल्लो तथ्यांक अनुसार नवलपुरमा गैडाकोटमा ८३, देवचुली नगरपालिकामा १ सय २७, कावासोती नगरपालिकामा २ सय ३१, मध्यविन्दु नगरपालिकामा १ सय १७, विनयी त्रिवेणी गाउँपालिकामा ८१, हुप्सेकोटमा ७२, बुलिङटारमा १ सय ३० जना र बौदीकाली गाउँपालिकामा ५९ जना विदेशबाट आएको तथ्यांक रहेको छ ।
नवलपुरमा विदेशबाट आएका ८ सय ६० जना मध्ये ८२ जना मात्र क्वारेन्टाइनमा बसेका छन् भने अरु सबै घरमा नै बसेका छन् ।
क्वारेन्टाइनमा बसेका ८२ मध्ये ६६ जना घर फर्किइ सकेका छन् । नवलपुरमा शंकास्पद २० जनाको स्वाव परीक्षण गरिएकोमा २० जनाको नै नेगेटिभ आएको छ ।
नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईले नवलपुरमा आइतबारबाट नै सबै स्थानीय तहमा र्यापिट टेष्ट शुरु भएको बताए ।
यसरी र्यापिट टेष्ट गर्दा कोरोना संक्रमित भएका व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिए थप पुष्टिका लागि स्वाव संकलन गरेर पठाइने छ ।

नवलपुरमा क्वारेन्टाइनमा बसेका ६६ जना घर फर्किए






सम्बन्धित
Loading...