कावासोतीको गाउँ नजिकै पाटे बाघ, बाघको आक्रमणबाट चितलको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा पर्ने ज्योति कुञ्ज सामुदायिक वन भित्र बाघको आक्रमणबाट चितलका मृत्यु भएको छ ।
बाघले चितलको केही भाग खाएको अवस्थामा भेटिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख पूर्णेश्वर सुवेदीले अहिलेसम्म उक्त बाघ कस्तो खाले भन्ने एकिन भई नसकेको र त्यसको पन्जा हेर्दा पाटेबाघ भएको अनुमान गरिएको र थप अनुसन्धान भईरहेको बताए ।
https://www.youtube.com/watch?v=gb0OfMva9HU
कावासोती ३ को खुल्ला मैदान अर्थात नमुना सदरमुकाम चौरदेखि केही पर उत्तरतर्फ उक्त चित्तल मृत अवस्थामा भेटिएको हो ।
चित्तललाई प्रहरी र वनका कर्मचारीहरुले अनुसन्धानका लागि लिएर गएको छ ।