कोरोना संक्रमितसँगै साउदी अरबबाट आएका नवलपुरमा ३ जना सहित ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो

रामकुमार श्रेष्ठ –
नवलपरासी, १६ बैशाख । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उनका परिवारका सदस्यहरुको सहितको गरी ७ स्वाब संकलन गरी परीक्षणका लागि आज पोखरा पठाइएको छ ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना साउदी अरबबाट भोजपुरमा आएका संक्रमित आएको जाहाजमा आएका थिए । उनीहरु फाल्गुनको अन्त्य तिर नेपाल आएका हुन् । उनीहरु नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए । तथापि सँगै जहाजमा आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना, उनका परिवार र उदयपुरबाट आएका १ जना गरी ७ जनाको आज मध्यविन्दु जिल्ला असप्तालमा स्वाब संकलन गरी पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि स्वाब संकलन गरेर पठाइएको हो ।
साउदीबाट आएका भोजपुरका एक जनामा बैशाख ११ गते कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना उपचार पछि निको भएका छन् ।
नवलपरासी जिल्ला अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित रहेको छ ।