प्रधानमन्त्री निवासमा नेकपा सचिवालय बैठक सुरु




सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद बढेको छ । विवाद समाधानका लागि केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बालुवाटारमा सचिवलाय बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन् ।




प्रधानमन्त्री ओलीले वैशाख ८ गते पार्टी विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी र प्रतिपक्षलाई बाइपास हुने गरी संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि उब्जिएको परिस्थितिलाई समाधानका लागि बैठक डाकिएको हो । यद्यपि दुवै अध्यादेश दबाब थेग्न नसकेर सरकारले १२ गतेको मन्त्रिपरिषद्बाट फिर्ता लिएको छ । दुवै अध्यादेश राष्ट्रपतिबाट खारेजसमेत भएको छ ।

यद्यपि नेकपाका नेता, सांसद र कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीको नियतलाई लिएर प्रश्‍न उठाएका छन् । उनलाई अर्का प्रचण्ड, नेपाल र खनाल समूहले एक व्यक्ति एक पदको व्यवस्था लागू गर्न दबाब दिएको बताइएको छ ।



सम्बन्धित
Loading...