नवलपरासीमा लागु औषध सहित बर्दघाटका दुई जना पक्राउ
परासी । पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
प्रतापपुर गाउँपालिका ५ बसहिया स्थित प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका ६ बस्ने २८ बर्षीय विजयी चौधरी र २५ बर्षीय सुनिल चौधरीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ओनेरेक्स सिरफ १ सय एमएलको ४ बोतल नाइटोभेट ७५ पिस, स्पास्मो ८ क्याप्सुलका ५४ थान बरामद गरेको जनाएको छ । उनीहरुसँगै सम्लग्न अन्य फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।
