पूर्वी नवलपरासीमा भारतबाट भित्रिने क्रम रोकिएन, आज मात्रै भारतबाट १ जना र भैरहवाबाट ७ जना नवलपुर आए




नवलपरासी, ४ जेठ । पूर्वी नवलपरासीमा भारतबाट नेपालीहरु नेपाल भित्रिने क्रम दिनदिनै बढ्न थालेको छ ।
भारतबाट सिधै भरतपुर अस्पताल गएका एक जनामा कोरोना संक्रमण देखिएको भए पनि नवलपुर जिल्ला भित्रै अझसम्म कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण नदेखिएको छैन ।
नवलपुर घर भएको नेपालीहरु भारतबाट नवलपुर आउने क्रम बढेसंगै नवलपुरमा कोरोनाको त्रास भने बढेको छ ।
यसैबीच आइतबार भारतबाट १ जना र भैरहवाबाट ७ जना गरी आठ जना नवलपुर भित्रिएका छन् । शनिबार पनि भारतबाट कावासोतीका ४ जना देवचुली र गैडाकोटका ४ जना गरी ८ जना नेपाली भारतबाट नवलपुर भित्रिएका थिए ।
कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनियाले भारतबाट ति सबैलाई क्वारेन्टाइनमा राखेर कोरोना चेकजाँच गरेर मात्र घर पठाइने छ ।
यस अघि पनि नवलपुरमा तनहुँका ३ जना सहित २१ जना भारतबाट नवलपुर आएका थिए ।
ति मध्ये कावासोतीका २ र देवचुली नगरपालिकाका १ जना गरी ३ जनाको स्वाब परीक्षण गरिएको छ । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने बौदीकालीका १५ जनाको पिसिआर रिपोर्ट नेगटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।



सम्बन्धित
Loading...