नेपाल–भारत सीमामा सशस्त्र प्रहरीको १ हजार २१३ अस्थायी पोष्ट स्थापना

चौबीसै घण्टा ड्युटी, प्रत्येक डेढ किलोमिटर दूरीमा पोस्ट




काठमाडौं । लकडाउनका समयमा छिमेकी राष्ट्र भारतबाट हुन सक्ने अवैध घूसपैठ रोक्न सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमामा १२१३ अस्थायी पोस्ट निर्माण गरेको छ । कोरोना भाइरसको माहामारीका कारण दुवै देशमा सीमा सिल गरिएपनि अबैध रुपमा मानिसहरु ओहोरदोहोर गर्ने प्रबृत्ति बढेपछि त्यसलाई रोक्न अस्थायी पोस्ट निर्माण गरिएको हो ।
अहिले नेपाल–भारत पूर्वपश्चिम दूरी १८८० किलोमिटर छ । सीमासँगै जोडिएका विभिन्न स्थानमा (बोर्डर आउट पोस्ट) बीओपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठका अनुसार, कोरोना भाइरसको त्रासपछिको परिस्थितिमा घूसपैठ रोक्न थप पोस्ट आवश्यक भएकाले त्यसैअनुसार अस्थायी पोष्ट राखिएको हो ।
प्रवक्ता श्रेष्ठ भन्छन् – अस्थायी रूपमा गठन भएका पोस्टमा ड्युटी भने चौबीसै घण्टा हुने छ । पोस्ट स्थापना भएपछि सीमा क्षेत्रमा हरेक डेढ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको उपस्थिति भएको छ । यसअघि ५ देखि १५ किलोमिरटको दूरीमा सशस्त्र प्रहरी रहँदै आएको थियो । अहिले सशस्त्र प्रहरीमा ३७ हजार बढी दरबन्दी छ । जसमध्ये अहिले ३१ हजार बढी जनशक्ति प्रत्यक्ष रूपमा फिल्डमै खटिएको श्रेष्ठ बताउँछन् ।



सम्बन्धित
Loading...