नेपालमा थप १८ जनामा कोरोना पोजेटिभ, आजै मात्र ८० जना नयाँ संक्रमित थपिए


नेपालमा थप १८ जनामा कोरोना संक्रमित भेटिएको छ । यो सहित नेपालमा आज मात्रै ८० जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
नेपालमा आज थप भएका सहित कोरोना संक्रमितको संख्या ३ सय ७५ जना पुगेको छ ।
सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार धनुषमा २ जना पुरुष, १ जना पुरुष, बाँकेको नरैनामा मात्रै १२ जना पुरुष, दैलखमा १ जना पुरुष, सुनसरीमा १ पुरुष र झापामा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।



आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८० जना संक्रमित थपिएका हुन्।

नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।






सम्बन्धित
Loading...