पश्चिम नवलपरासीका थप ३ जनामा भेटियो कोरोना, पश्चिम नवलपरासी संक्रमित संख्या ५


खगेन्द्र पराजुली, 


९ जेठ, नवलपुर ।  आज पश्चिम नवलपरासीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामग्राम नगरपालिकाका २ जना र सुस्ता गाउँपालिकाका १ जना गरी थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।



योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालका अनुसार रामग्राम नगरपालिकाका वडा नम्वर ३ का १ पुरुष र वडा नम्वर  १८ का १ महिला तथा सुस्ता गाउँपालिका वडा नम्वर ५ का एक पुरुषमा संक्रमण देखिएको हो ।

अहिले संक्रमित ३ जनालाई नै भैरहवास्थित भीम अस्पताल लैजाने तयारी भएको छ ।
यसअघि बैशाख ३१ मा प्रतापपुर गाउँपालिकाका १ जना र जेठ ७ गते बुधबार सुस्ता गाउँपालिकाका १ जना गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती संक्रमितको भीम अस्पतालमा उपचार भैरहेको छ ।


सम्बन्धित
Loading...