कोरोना भाइरसको परीक्षण विस्तार गरिने-प्रधानमन्त्री केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् ।



उनले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा परीक्षण विस्तार गरिने बताए ।

प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरि बिस्तार भएको बताए ।




सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइनका रुपमा विकास गरिने बताए ।

उनले महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको बताए ।

उनले विदेशमा रहेका नागरिकप्रति संवेदनशील रहेको बताए । उनले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको बताए । उनले परीक्षणमा आउन उनीहरुलाई आग्रह समेत गरेका छन् ।



सम्बन्धित
Loading...