रक्सौल नाकामा अलपत्र परेका साढे ३ सय नेपाल भित्रिए




वीरगन्ज,१४ जेठ ।
कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि भएको लकडाउनले रक्सौलमा अलपत्र परेका नेपाली आफ्नो देश भित्रीएका छन ।

बुधबार बिहान लामो समय देखि भारतको विभिन्न स्थानबाट आएर रक्सौलमा रोकिएको उनीहरु स्थानीय प्रशासनको सहयोगमा नेपाल भित्रीएका हुन ।




देशको प्रमुख नाका वीरगन्ज भएर नेपालका ३ सय ६० जना नेपाल भित्रिएको स्थानीय प्रशासनले जनाएको छ ।
सिमावर्ती देश भारतको विभिन्न स्थानमा रोजगारी , घुमफिर लगायतका कामले गएर लकडाउनमा अलपत्र परेपछी लकडाउनको ६५ दिनमा आफ्नो देश भित्रीयाइएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

लामो समयपछि आफ्नो देश नेपाल भित्रीएका सबैलाई क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल भित्रीयाइएको उनले बताए ।

उनका अनुसार भित्रीएका सबैलाई उनीहरुको घर पुर्याउने र सेल्फ क्वारेन्टाइनमा बस्ने गरि पठाइएको छ । नेपाल भित्रीएका मध्ये ३२ जिल्लाका नेपालीहरु रहेका छन । जसमा एकसय जना पर्साका वीरगन्ज र अन्य स्थानीयतहका रहेका छन ।



सम्बन्धित
Loading...