नवलपरासीमा श्रीमान् हत्याको आशंकामा श्रीमती पक्राउ


सविता थापा –
नवलपरासी, १४ जेठ । पश्चिम नवलपरासीमा श्रीमान्को हत्या गरेको आशंकामा प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बेलाटारी निवासी ३७ बर्षीय धर्मराज मुखिया (चौधरी) हत्याको आशंकामा उनकै श्रीमती ३६ बर्षीइ पार्वतीदेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
धर्मराज मुखियोको शव मंगलबार घर भित्रै घाँटीमा निल डाम, टाउकोमा चोट र दुवै हातको नाडी काटिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीले मृतककी श्रीमतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ ।



पश्चिम नवलपरासीमा हत्याको आशंकामा गाडिएको शब निकालियो



सम्बन्धित
Loading...