दशजगामा नवलपरासीको पाल्ही नन्दनले गर्यो बिजुली ब्यवस्था




रामकरण हरिजन –
परासी  । नेपाल भारत सीमा क्षेत्रमा रातको समयमा लुकिछिपी हुनसक्ने आउजाउ रोक्नका लागि पश्चिम नवलपरासीको दशगजामा विजुली बत्तीको व्यवस्था गरिएको छ ।
रातको समयमा सीमाको गस्तीमा रहेका प्रहरी र गाउँलेको आँखा छलेर तस्कर एवम् अन्य बासिन्दाहरु सिमा वारपार गर्न सक्ने भएकोले त्यसलाई कडाई गर्न विजुली बत्तीको व्यवस्था गरिएको हो ।
पश्चिम नवलपरासीमा कोरोना भाईरस कोभिड १९ बाट सुरक्षित राख्नको लागि र सशस्त्र प्रहरीहरुको कामलाई सजिलो हुनको लागि पाल्ही नन्दन गांउपालीकाले वडा नं ५ चमनटोला र गेरमामाको विचमा बिजुलीको ब्यवस्था गरी भारतबाट नेपाल आउन जान नदिनको लागि दसगजामा कडाई गरिएको छ ।
अहिले भारतबाट आउने नेपालीहरुलाई दशगजामा रोकी स्थानीय सरकारको जिम्मामा सिधै क्वारेन्टाईनमा पठाउने गरेको छ । लुकीछिपी नेपाल प्रवेश गर्नेलाई रोक्न चमनटोलामा नेपालको गेट रहेको पूर्व पश्चिम मिलाई लगभग दुई सय मिटर विजुली बलने ब्यवस्था गरेको सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण पन्थीले बताए ।
कोरोना भाईरस कोभिड १९ बाट सुरक्षित राख्नको लागि भारतबाट लुकी छिपी मनोमानी आउन जान नदिनको लागि र सिमामा खटिएका सुरक्षा कर्मीहरुलाई रातीमा काम गर्न सजिलो होस भन्ने उद्देश्यले बिजुली ब्यवस्था गरेको पाल्ही नन्दन गांउपालीका अध्यक्ष बैजु प्रसाद गुप्ता –दिपकले बताए ।

 

नेपालमा जुन र जुलाईमा कोरोना संक्रमण अझै बढ्न सक्ने






सम्बन्धित
Loading...