हेटौंडाकी संक्रमित महिला कोरोना जितेर डिस्चार्ज




कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी हेटौंडाकी महिला कोरोना जितेर घर फर्किएकी छिन् । भरतपुरको कोरोना विशेष अस्पतालमा उपचार गराएर उनी आइतबार निको भएर घर फर्किएकी हुन् ।

१३ जेठमा हेटौंडास्थित किटजन्य रोज अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई भरतपुर पठाइएको थियो ।




हेटौंडा-१ चौकिटोलकी संक्रमित महिला र उनका श्रीमानको ९ जेठमा परीक्षणको लागि स्वाब दिएका थिए । तर, सँगै स्वाब दिएको श्रीमतीको रिपोर्ट आएको ६ दिनपछि श्रीमानको आज आइतबार रिपोर्ट आएको छ ।

संक्रमित महिलाकी श्रीमानको पीसीआर रिपोर्ट नेगेटिभ आएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।



सम्बन्धित
Loading...