लोककल्याणकारी विज्ञापन सबै सञ्चारमाध्यमले समानुपातिक ढंगले पाओस्ः सांसद विष्णु लामिछाने




कावासोती । नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका सांसद विष्णु लामिछानेले सञ्चारमाध्यमका लागि छुट्याइएको ५० लाख रुपैयाँ लोककल्याणकारी विज्ञापन मार्फत गण्डकी प्रदेशका सबै सञ्चारमाध्यमले पाउनु पर्नेमा जोड दिएका छन् ।
मंगलबार भएको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले असार ७ गते पेश गरेको विनियोजन विधयक २०७७ माथिको बाँकी छलफल माथि बोल्दै सांसद लामिछानेले यस्तो बताएका हुन् ।
उनले सञ्चारमाध्यमको प्रोत्साहनका लागि ५० लाख विनियोजन गरिएको प्रति खुसी व्यक्त गर्दै त्यो रकम पारदर्शी ढंगले गण्डकी प्रदेशका सबै जिल्लामा सबै सञ्चारमाध्यममा पुग्ने गरी लोककल्याणकारी विज्ञापन मार्फत वितरण गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरी उनले शिक्षा र स्वास्थय जिम्मा राज्यले लिनु पर्नेमा जोड दिए । लामिछानेले भने – धनि मान्छे जहाँ पनि गएर उपचार गर्न सक्छ तर गरिब जनता खोल्टीमा पैसा नभए वापत उपचार गर्न नपाई छट्पटाई छट्पटाई मर्न बाध्य हुने अवस्था आएको बताए ।
त्यसैगरी उनले जेहेन्दार विद्यार्थीहरु गरिब भएकै कारण उच्च शिक्षा हालिस गर्नबाट अझै पनि बन्चित हुनु पर्ने अवस्था आएकोले त्यसका लागि शिक्षा निशुल्क गर्नु पर्नेमा जोड दिए ।
उनले बालबालिकाको क्षेत्रमा छुट्टाइएको रकम कम भएको, बालशिक्षक, महिला स्वास्थ्य स्वयम् सेविकाको तबल लगायतका विषयमा सम्बोद्धन गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै उनले यो बजेट प्रष्ट नभएको पनि बताए । उनले प्रहरीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्नेमा पनि जोड दिए ।



सम्बन्धित
Loading...